प्रतिनिधिसभा उम्मेद्वार बैरागी र पहारी चुनावी घरदैलो अभियानमा

पाेखरा | कात्तिक १६, २०७९

प्रतिनिधिसभा उम्मेद्वार बैरागी र पहारी चुनावी घरदैलो अभियानमा

 

पोखरा । एमालेबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेद्वार दामोदर पौडेल बैरागी र कास्की ३ (२) का उम्मेद्वार राजीव पहारी चुनावी घरदैलो अभियानमा छन् । अभियानकै क्रममा ६० वर्षीया मोतीले एमालेलाई नै भोट हाल्ने बताइन । 

 

६० वर्षीया मोतीले आफ्नो घरमा पहिरोले क्षति पुर्याएको सुनाइन् ।  त्यतिबेला तत्कालीन प्रदेश सांसद पहारी खाद्यान्न र पाल लिएर मोतीको घर पुगेका थिए । मोतीले भोट माग्न आएका पहारीलाई चिनिहालिन् । 


आफूलाई दुःख पर्दा राहत लिएर आएको पार्टीका उम्मेद्वारलाई भोट दिने भन्दै मोतीले ढुक्क भएर जान आग्रह गरिन् । ‘पहिला पहिरो जाँदा राहत लिएर आउनुभएको याद छ । भोट सूर्यमै दिन्छु,’ मोतीले उम्मेद्वारसँग आग्रह गरिन्, ‘जितेपछि मेरो घरको आँगन कसरी हुन्छ बनाइदिनु पर्यो  ।’


अन्नपूर्ण गाउँपालिका पाउँदुर कोटकी ७८ वर्षीय देवीकुमारी गुरुङको उम्मेद्वार बैरागी र पहारीसँग बाटोमै भेट भयो । उनले आफूले सधैँ एमालेलाई भोट हालेको र यसपटक पनि दिने बताइन् । ‘भत्ता दिने पार्टी हो भन्ने थाहा छ । कहिले यता, कहिले उता गर्ने मान्छे होइन । सधैँ एमालेलाई नै भोट हालेकी छु,’ उनले भनिन् । 


एमाले उम्मेद्वारद्वय बैरागी र पहारीले जनताका समस्या सुन्ने र त्यसलाई समाधान गर्ने वाचासहित आफ्नो चुनावी घरदैलो अभियानलाई जारी राखेका छन् । उनीहरू कास्कीको अन्नपूर्ण गाउँपालिका १, २ र ३ का बस्ती–बस्ती पुगेका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटासहित स्थानीय नेता–कार्यकर्ता उम्मेद्वारसँगै घरदैलोमा थिए ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्